दसैंका लागि आजदेखि नयाँ नोट साटिँदै (सूचीसहित)

काठमाडौँ, १० असोज । दसैंका लागि आजदेखि सर्वसाधारणले नयाँ नोट साट्ना पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउने छन् । नयाँ नोट ५, १०, २०, ५० र १ सय र ५ सयका नयाँ नोट सर्वसाधारणले पाउने छन् । थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ ।

नयाँ नोट साट्न पाइने ठाउँ :

१. राष्ट्र बैंकका अनुसार उपत्यकामा २३ ठाउँबाट नयाँ नोट साट्न सकिने छ ।

२. नेपाल बैंकका सात वटा शाखाहरू, राष्ट्रिय वाणिज्य बैंकका केन्द्रीय कार्यालयसहित १० वटा शाखाहरू, कृषि बैंकका छ वटा शाखाहरूबाट नयाँ नोट साट्न सकिने छ ।

३. नेपाल बैंकका शाखा कार्यालयहरू न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिमम्पाट र भक्तपुरबाट नयाँ नोट साट्ने सकिने छ ।

४. राष्ट्रिय वाणिज्य बैंकका शाखाहरू – सिंहदरबारप्लाजा केन्द्रीय कार्यालय, सिंहदरबार परिसर, टेकु, नयाँबाजेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखाबाट नयाँ नोट साट्ना सकिने  छ ।

४. कृषि बैंकका शाखाहरू- गौशला, गठ्ठघर, रमशहपथ, रत्नपार्क,थानकोट र पुलचोकबाट दसैंको लागि नयाँ नोट साट्न सकिने छ ।

५. उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज