काठमाडौँ, ७ असोज । शेयर बजारमा नेप्से आज मंगलबार पनि ६ अंक बढीले घटेको छ ।
मंगलबार शेयर बजारमा परिसूचक नेप्से ६ दशमलव ४२ अंकले घटेर १ हजार १ सय ३४ दशमलव ५६ अंकमा बन्द भएको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि घटेको छ । बजारमा शेयरको माग र आपूर्तिको सन्तुलन विग्रदा नेप्से घटेको देखिन्छ । शेयरको विक्रीचाप भन्दा खरिद चाप न्यून छ ।
१ सय ७१ कम्पनीको २१ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शेयरमा लगानीगर्दा आउने प्रतिफल भन्दा बैंकको ब्याजबाट प्राप्त हुने प्रतिफल बढी हुने देखिएपछि लगानीकर्ताले शेयर विक्री गरिरहेका छन् । मंगलबार व्यापार र होटल समुह बाहेकका सबै समुहमा गिरावट आएको छ । सानिमा बैंक र सिद्धार्थ बैंकको शेयर कारोबार ३ करोड रुपैयाँ भन्दा बढी छ ।
नेप्से घटेपनि खानिखोला हाइड्रोपावरका शेयरधनीले ८ दशमलव १६ प्रतिशतले कमाएका छन् । त्यस्तै सबैभन्दा बढी रैराङ् हाइड्रोपावरका शेयरधनीले ७ दशमलव २७ प्रतिशतले गुमाएका छन् ।






