काठमाडौँ, ७ असोज । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा १ सयले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ४ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





