काठमाडौँ, ५ असोज । आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन ३ सयले बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै,चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





