काठमाडौँ, ३ असोज । आज शुक्रबार सुनचाँदी मूल्य बढेको छ ।
आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





