काठमाडौँ, ३० भदौ । तपाईंले चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ। नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले तपाईंलाई चेक काट्ने तथा अन्य व्यावहारिक समस्यालाई समेत समाधान गरिदिने भएको छ।
बैंकका अनुसार रु दुई लाखभन्दा बढीको भुक्तानीमा चेक काट्नु नपर्ने भएको हो। यस्तै बैंक तथा वित्तीय संस्थाले एकापसमा गर्ने भुक्तानीमा समेत सोही प्रणाली लागू भएकाले चेक काट्नुपर्ने अवस्थाको अन्त्य भएको हो। यसबाट चेक बोक्नुपर्ने बाध्यताको समेत अन्त्य भएको छ। यो खबर अजाको नागरिक दैनिकले छापेको छ ।





