सन्दीपले सिजनको बीबीएल खेल्ने

काठमाडौँ, २८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले सिजन २०१९–२० का लागि अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टिम मेलवर्न स्टार्सले रिटेन गर्ने भएको छ ।

मेलवर्न स्टार्सका प्रशिक्षक डेभिड हसीले सन्दीपलाई सिजनभर खेलाउन चाहेको प्रतिक्रिया दिएका छन् भने सन्दीपका सहयोगी रमन सिवाकोटीले बीबीएलमा सम्झौता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

सन्दीपले ग्लोबल टी-२० क्यानडा खेलिसकेका छन्। हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका सन्दीपको इन्डियन प्रिमियर लिग ९आइपिएल० टिम दिल्ली क्यापिटल्ससँग एक वर्षको सम्झौता बाँकी छ।

गत सिजन सन्दीपले पाकिस्तान सुपर लिग र टी-१० लिग खेलेका थिए। दुवै लिगका लागि ड्राफ्ट घोषणा हुन बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ र मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ को सिमानामा पर्ने सिमात

काठमाडौँ, ९ असोज । नेपाल प्रहरीले अवैध हुण्डीमार्फत एक अर्ब बढीको कारोबार गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीको

काठमाडौँ, ९ असोज । नारायणगढ-मुग्लिन सडक अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज

काठमाडौँ, ९ असोज । काठमाडौँ उपत्यकाको मौलिक, धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित कुमारी इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै