काठमाडौँ, २६ भदौ । बैतडीको पाटन बजारमा एनआइसी एसिया बैंक लिमिटेडको शाखा स्थापना भएको छ ।
बिहीवार पाटन नगरपालिकाका प्रमख केशबवहादुर चन्दले उद्घाटन गरि बैंक शाखा सञ्चालनमा ल्याएको हो । पाटनमा एटिमसहितको सेवा दिने एनआइसी एसिया पहिलो बैंक समेत बनेको छ ।
बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।





