काठमाडौँ, २२ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन ५ सयले घटेर प्रतितोला ७१ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदी भने १५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





