उपनिर्वाचनका लागि ३९ करोड माग

काठमाडौँ, ७ भदौ । २०४८ सालमा प्रतिमतदाता खर्च १० रुपैयाँ थियो । संविधानसभाको पहिलो निर्वाचनसम्म आइपुग्दा २ सय ७५ रुपैयाँ पुग्यो ।

२०७० मा दोस्रो संविधानसभा निर्वाचनमा ३ सय ८४ रुपैयाँ खर्च भयो । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा ४ सय ९० रुपैयाँ पुग्यो । मंसिर १४ मा हुने उपनिर्वाचनमा अर्थ मन्त्रालयसँग भने आयोगले ३९ करोड रुपैयाँ माग गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया उपनिर्वाचन खर्चिलो हुने देखिएको सुनाउँछन् । धेरै जिल्लामा ससाना तह र वडामा हुने निर्वाचनको व्यवस्थापकीय पाटोका कारण खर्चिलो बन्न गएको उनको भनाइ छ ।

मन्त्रिपरिषद्ले मंसिर १४ गते ५१ पदका लागि ३७ जिल्लामा उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । मकवानपुरमा तिहारका बेला राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका

काठमाडौँ, १९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ

काठमाडौँ, १९ कार्तिक । प्रतिकिलो ४२ रुपैयाँ रहेको गहुँको मूल्य बढेर ५० रुपैयाँ पुगेको छ । भारतमा मूल्यवृद्धि भएपछि नेपालमा पनि

काठमाडौँ, १९ कार्तिक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे