काठमाडौँ, ६ भदौ । यो साता शेयर बजारमा परिसूचक नेप्से ११ अंकले घटेको छ ।
साताको अन्तिम २ दिन नेप्से स्थिर रहेको थियो । तरपनि नेप्से दोहोरो अंकले घटेको छ । बजारमा लगानीकर्ताले शेयर खरिद घटाएका छन् ।
यो साता १ अर्ब ५४ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा पूँजीगत लाभकरको भएको विवाद अझै नटुङ्गिदा लगानीकर्ताले कारोबार बढाउन सकेका छैनन् । त्यस्तै नेप्से १ हजार २ सय नजिक पुगेकोले शेयर विक्रीगर्दा नोक्सान हुने भएपछि लगानीकर्ताले शेयरको विक्री पनि घटाएका छन् ।
जसले गर्दा नेप्सेमा खासै उतारचढाव देखिएको छैन् । गत आर्थिक वर्षमा राम्रो आम्दानी गर्ने बैंकहरुको समेत शेयर कारोबार बढ्न सकेको छैन् ।






