मोबाइल बन्द गरेमा सित्तैमा पिज्जा

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियास्थित द करी पिज्जा नामक रेष्टुरेन्टमा आउने ग्राहकले यदि आफ्नो मोबाइल लकरमा राखेमा उनीहरुले सित्तैमा पिज्जा खान पाउनेछन् ।

उक्त रेष्टुरेन्टमा सित्तैमा पिज्जा पाउनका लागि भने एक्लै होइन कम्तिमा ४ जनाको समूहमा जानु पर्दछ र सबैसँग स्मार्टफोन हुनै पर्दछ । ग्राहकको फोनलाई लकरमा राख्नुअघि रेष्टुरेन्टका कर्मचारीले फोनको चेकजाँच गर्दछन् ता कि फोन सद्दे होस् । त्यसपछि फोनलाई लकरमा राखिन्छ ।

रेष्टुरेन्टमा खाना खाएर निस्कने बेलामा उनीहरुलाई आफ्नो फोन फिर्ता दिइन्छ तर उनीहरुले तत्कालै सित्तैमा पिज्जा  भने पाउने होइन । २४ घण्टाभित्र दोश्रो पटक रेष्टुरेन्टमा आएका बखत उनीहरुले सित्तैको पिज्जा पाउँछन् ।

यो अफर सुरु भएको करीब ३ हप्ता बितिसकेको छ । अहिलेसम्म रेष्टुरेन्टले ५० वटा ठूलो आकारका पिज्जा सित्तैमा बाँडिसकेको छ । मोबाइल लकरमा राखिदिएर सित्तैमा पिज्जा दिने अफर ल्याउनुको खास कारण भने यस्तो छ । वास्तवमा मानिसहरुमा मोबाइलको लत छुटाउन तथा समूहमा कुराकानी तथा छलफल गर्नका लागि प्रेरित गर्न रेष्टुरेन्टले यस्तो अफर ल्याएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा