कुष्ठरोग प्रभावितका लागि निःशुल्क शल्यक्रिया शिविर

काठमाडौँ, २ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा कुष्ठरोग प्रभावित व्यक्तिको हातखुट्टा र आँखासम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ ।

ललितपुर, टिकाभैरवस्थित आनन्दवन अस्पतालमा आज सोमबार देखि सुरु भएको शिविर ६ गतेसम्म उक्त शिविर सञ्चालन हुनेछ ।

देशभरिबाट कुष्ठरोगी भई हातका औँलाहरुको अपाङ्गता भएका, खुट्टा लत्रिने अपांगता भएका  र आँखा बन्द नहुने लगायतका समस्या भएका व्यक्तिलाई उक्त शिविरमा सम्पर्क राख्न अनुरोध गरिएको छ । अस्पतालका तर्फबाट ३ जना अर्थोपेडिक सर्जन र अन्य स्वास्थ्यकर्मी शिविरमा बस्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्