बिजय-कहिल्यै पराजय हुँदैन ! बाघ-बाघ नै हुन्छ !! उसलाई स्याल हुइय्याले छुदैन !!!

केहि दिन देखि सामाजिक संजालमा एउटा तस्बीर निकै छाएको त्यहि तस्वीरमा बास्तविकता नबुझि प्रतिक्रया जनाउनेको हुल पनि उतिकै छन्, तस्वीर देखेपछि नलेखि बस्न सकिएन ।

प्रसंग हो तत्कालीन बाबुराम भट्राराई सरकारले ल्याएको युवा स्वरोजगार कोषमा भएको अनियमताको कोषको कार्यसैलीको बिरोधमा युवा संघ नेपाल सडकमा उत्रिने भयो, सबै क्षेत्र पेशा वर्ग र पार्टिका युवाहरु लाभान्वित हुन सक्ने कार्यक्रम थियो युवा स्वरोजगार त्यसैले त्यो कार्यक्रम हैन त्यसमा भएका अनियमितताको बिरोध गर्नु पर्छ भन्नेमा एकमत भयो । शान्ति पुर्ण विरोध कार्यक्रम गर्ने भएपछि प्रहरी प्रशासनलाई यस बारे जानकारी गराइयो, योजना अनुसार युवा स्वरोजगार कोषका कामकारबाहि पारदर्शि हुनुपर्नै मागसहित ज्ञापन पत्र स्वारेजगार कोषका उपाध्यक्ष पुण्य प्रसाद रेग्मीलाई बुझाँउन कार्यालय पुगाका युवा संघ नपालका अध्यक्ष सहित युवाहरुमा माथि प्रहरी जाइलाग्यो र लाठि बर्षन शुरुभयो केहि युवाहरुलाई नियन्त्रणमा गरी महेन्द्र पुलिस क्लबमा लगियो त्यस पछि युवा संघले थप आन्दोलनका कार्यक्रम गर्ने भयो ।

त्यहि कार्यक्रमको एक अंश थियो मसाल जुलुस बागबजारमा युवा संघको कार्यालय अगाडि नै मशाल जुलुस निकाल्ने योजना बनेको थियो तर त्यस क्षेत्रमा प्रहरीको बाक्लो उपस्थीती भएपछि अन्यत्र गर्नको लागि बसपार्क डिल्लीबजार पुतलिसडक पुग्यो तर प्रहरीको बाक्लो उपस्थितिले त्यस क्षेत्रमा पनि जुलुस निक्लन सम्भव भएन र अन्त्यमा कमलादि गणेश स्थानबाट मसाल जुलुस निकाल्न सफल भयो युवा संघ नेपाल ।त्रिचन्द्र क्याम्पस अगाडि पुग्दा सम्म पनि प्रहरीले केहि गरेन तर जब रत्नपार्क पुग्यो तब चारै तर्फबाट प्रहरीको ठुलो जत्था आक्रमक रुपमा अयो ।यो घटना त्रिचन्द्र क्याम्पस अगाडिको थियो । हामीले कयौं मसाल जुलुस निकालेका छौ र देखेका पनि छौ । के मसाल जुलुसमा यतिबिध्न आँगोका लप्का हुन्छ र यदि यसो हुँदो हो त त्यहाँ धेरै धनजनको क्षति हुन सक्दथ्यो ।

यसबारे तत्कालिन युवा संघ नेपाका अध्यक्ष महेस बस्नेतले म महेश पुस्तकमा लख्नु भएकोछ ‘त्यही साँझ सामाजिक सञ्जालमा एउटा फोटो खुब शेयर भएछ । फोटोमा म थिएँ, मसाल बोकिरहेको । त्यो मसाल एउटा प्रहरीमाथि बर्षिएको जस्तो देखाइएको थियो । आफैले फोटो देखेपछि मैले दिउँसोको घटना सम्झिएँ । प्रहरीले लाठी चार्ज थालेपछि हामीले प्रतिरोध गर्न सकेका थिएनौं । तर, फोटो धमाधम सामाजिक सञ्जालमा फैलिँदो थियो ।

खासमा दीपले नै त्यो ट्रिक गरेका रहेछन्, फोटोसपका मध्यमले । क्रप र एनिमेशन गरेर बनाइएको त्यो फोटो क्याम्पसमा दीपले लेखेका थिए, ‘युवा संघको नाममा गुण्डागर्दी गर्ने र त्यसलाई संरक्षण गर्ने एमालेका नेताहरु थुक्क ।’

यो घटना त्रिचन्द्र क्याम्पस अगाडिको थियो । हामीले कयौं मसाल जुलुस निकालेका छौ र देखेका पनि छौ । के मसाल जुलुसमा यतिबिध्न आँगोका लप्का हुन्छ र रु यदि यसो हुँदो हो त त्यहाँ धेरै धनजनको क्षति हुन सक्दथ्यो ।

सामाजिक सञ्जालमा फोटो भाइरल भएपछि प्रहरी–प्रशासनमा पनि त्यसबारेमा प्रश्न उठेछ । छानबिन सुरु भएछ । त्यो फोटो पहिलो पटक तिनै दीपले पोष्ट गरेको खुलेछ । र, प्रहरीले उनलाई यही प्रकरणमा कारबाही नै ग¥यो ।

त्यो फोटो प्रकरणमा आफूलाई प्रयोग गरिएको कुरालाई मैले वेवास्ता गरिरहें । त, डीएसपी जस्तो उच्च पदमा पुगेका दीपले फोटो बनाउन मिहिनेत गरेर सामाजिक सञ्जालमा राखेको बिषयले भने मलाई लामो समयसम्म चिन्तित बनाइरह्यो । हामी अहिले कुन युगमा छौ, हामीले के काम गरिरहेका छौं, कुन पदमा रहेर के गरिरहेका छौं भन्ने सामान्य ख्याल गर्नसमेत छोडिएछ ! डिएसपी लेभलमा पुगेको मान्छेले त्यति निकृष्ट काम गर्न सक्ला भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।

त्यो फोटो पछिसम्म पनि बारम्बार फेसबुक या अन्य सामाजिक सञ्जालमा पोष्ट भइरहेको हुन्छ । कपोकल्पित फोटो राखेर समाजमा भ्रम फैलाउने खोज्नेहरुलाई दीपले मसला बनाइदिएका छन् । हुँदाहुँदा मैले नेपाल सरकारको उद्योगमन्त्रीका रुपमा सपथ लिएपछि त्यही फोटो रविन्द्र मिश्रले पनि खूब शेयर गरे । त्यसअघि मैले सोचेको थिएँ, रविन्द्र मिश्र गम्भीर पत्रकार होलान्, पढेलेखेका होलान् । तब उनी पनि तथ्य होइन, हल्लाको पछाडि लाग्ने स्वभावका रहेछन् भन्ने खुल्यो, मेरो मनमा रहेको अग्लो तस्वीर गल्र्याम्मै ढल्यो । समाजलाई मार्गनिर्देशन दिनुपर्ने पत्रकार जस्तो मान्छेले त्यस्तो तुच्छ काम कसरी गर्न सकेका होलान् ?

 

Dipesh Khadka

Bhaktapur

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । विपद तथा जोखिमको बेलामा बालमैत्री स्थानीय शासनको बढी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा

काठमाडौँ, ७ असोज । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को असोज २ गतेको निर्णयअनुसार काठमाडौँ

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट

काठमाडौँ, ७ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका