ब्राउन सुगरसहित ३ जना पक्राउ

काठमाडौँ, २९ कार्तिक । लागू औषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापा र सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका–१ का २४ वर्षीय बुद्धिराज लिम्बु, सोही स्थानका २७ वर्षीय कृष्णप्रसाद खरेल रहेका छन् । 

कार्तिक२८ गते झापाको झापा गाउँपालिका–५ खादा बस्तीस्थित इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी शरणामतिबाट खटिएको संयुक्त प्रहरी टोलीले प्र ०१–०१–०१५ प ८५६७ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्दा लिम्बु र खरेलको साथबाट १६ ग्राम ५४० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीले पनि अर्का एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–४ का २७ वर्षीय नारायण प्रसाईँ रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट १ ग्राम ४१० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २९ कार्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन

एजेन्सी, २८ कार्तिक । रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्।

काठमाडौँ, २७ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता गर्न अमेरिकालाई आवश्यकता नरहेको बताएका छन् । आफ्नो सामाजिक

काठमाडौँ, २३ कार्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति वार्ता अघि बढे पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम