स्वास्थ्य संस्थामा औषधि अभाव

म्याग्दी, २० जेठ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्यचौकीमा औषधिको अभाव भएको छ ।

स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीका अनुसार १५ दिनदेखि गाउँपालिकाका छवटै स्वास्थ्यचौकीमा जीवनजल, सिटामोललगायतका अत्यावश्यक औषधिको अभाव भएको जनाएको छ । अन्नपूर्णका जनता जीवनजल र सिटामोल लिनका लागि सदरमुकाम बेनी आउनुपर्ने वाध्यतामा छन् ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ शिख, वडा नं २ दाना, वडा नं १ दोवा, वडा नं ६ घार, वडा नं ८ राम्चे र वडा नं ७ हिस्तानका स्वास्थ्यचौकीमा जीवनजल पनि नभएको बताएका छन् ।

शिखको स्वास्थ्यचौकीमा जीवनजल लिन पुगेका एक स्थानीयलाई स्वास्थ्य चौकी इञ्चार्ज हेम पुनले जीवनजल नभएकाले तातोपानी पिउन सल्लाह दिएर फर्काएका थिए ।

गाउँमा निजी क्लिनिकसमेत नभएकाले सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधिसमेत सदरमुकाममा पुगेर महँगोमा खरीद गर्नुपर्ने शिखवासीको गुनासो छ ।  अन्नपूर्ण–५ का वडाध्यक्ष दिनेशकुमार पुनका अनुसार मेट्रोनिडाजोल, एम्लोडीपीन, सालमुटामोल, रेनिटिडिन, इन्जेक्सनको अभाव हुने गरेको छ । सामान्य बिरामीलाई समेत आवश्यक पर्ने औषधि समयमै ढुवानी नहुँदा समस्या भएको  बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित