स्विजरल्याण्डको एउटा घडीमा कहिल्यै १२ बज्दैन

एजेन्सी । स्विजरल्याण्डको सोलोथर्न सहरस्ति टाउन स्क्वाएरमा एउटा घडी छ । उक्त घडीमा कहिल्यै पनि बाह्र बज्दैन किनकि घडीमा केवल ११ वटामात्र अंक छन् । घडीमा १२ अंक गायब छ । त्यहाँसँगै रहेका अरु घडीमा पनि बाह्र बज्दैन ।

यो सहरको अर्को विशेषता भनेको यहाँका मानिसहरुमा ११ अंकप्रति विशेष लगाव छ । यहाँका जुनसुकै चिजको डिजाइन ११ अंकको आसपासमै घुम्ने गरेको छ । सहरमा चर्च तथा च्यापेलको संख्या पनि ११–११ रहेको छ । त्यसका अलावा संग्रहालय, ऐतिहासिक झरना तथा टावर पनि ११ नम्बरकै रहेका छन् ।

सहरमा रहेको सेन्ट उर्सुस चर्चमा पनि ११ अंकको महत्व प्रष्टसँगै देख्न पाइन्छ । यो चर्च ११ वर्षमा निर्माण सम्पन्न भएको थियो । त्यहाँ ३ वटा सिँढीको सेट छ र हरेकमा ११ वा पंक्ति रहेका छन् । साथै चर्चमा ११ वटा ढोका र ११ वटा घण्टी रहेका छन् ।

सहरबासीहरुमा ११ नम्बरसँग यतिधेरै लगाव छ कि बालबालिकाहरुको ११ औँ बर्थडे विशेष रुपमा मनाउँदछन् । त्यस अवसरमा दिइने उपहारहरु पनि ११ अंकसँग विशेष सम्बन्धित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर