युवा साकोसको अध्यक्षमा बजगाई

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु भएको छ ।

जिल्लाको चाँगुनारायण नगरपालिका वडा न. ६  फेदिमा मुख्य कार्यकालय रहेको यस संस्थाको आइतबार २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त सभाबाट संस्थाको उपाध्यक्षमा आश्विन गिरी, सचिवमा राम कुमार नेपाल, कोषाध्यक्षमा करुणा राउत क्षेत्री सर्वसम्मत चयन रुपमा हुनु भएको हो ।

संचालक समिति सदस्यहरुमा रुपा गजुरेल लामिछाने, रमेश तामाङ्ग, सुवास खत्री, दुर्गा थापा लामिछाने, दिनेश लामिछाने निर्वाचित हुनुभएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा राजेश्वर लामिछाने, समितिको सदस्यमा प्रदिप अधिकारी र राजाराम गिरी चयन हुनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । श्री युवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा निरञ्जन बजगाई सर्वसम्मत चयन हुनु

काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज

काठमाडौँ, २५ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ८ सय

काठमाडौँ, २५ असोज । गोरखाको बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले तटीय बस्तीहरूमा पुर्‍याएको क्षतिप्रति नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर