काठमाडौँ, २५ असोज । बजारमा कागतीको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज कागतीको मूल्य बढेको हो ।
आज कागतीको भाउ थोकमा प्रतिकिलो औसत ६३ रुपैयाँ बढेको छ । हिजो शनिबार थोकमा प्रतिकिलो न्यूनतम २ सय देखि अधिकतम ३ सय र औसत २ सय ३७ रुपैयाँमा किनबेच भएको थियो ।
आज न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय ५० र औसत ३ सय रुपैयाँमा कागती किनबेच भइरहेको छ । भदौ दोस्रो साता भने कागती थोकमा प्रतिकिलो न्यूनतम २ सय ५० देखि अधिकतम ३ सय र औसत २ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।







