बर्ड फ्लुको नमुना परीक्षणका लागी १७९ जनाको नमुना संकलन गरी जापान पठाइयो

काठमाडौँ, १३ जेठ । नेपालबाट बर्ड फ्लु (एच५ एन१)को परीक्षणका लागि एक सय ७९ जनाको घाँटीको र्‍याल (थ्रोट स्वाब) नमुना संकलन गरी जापान पठाइएको छ ।

नेपालमा बर्ड फ्लु (एच५ एन१) बाट एकजनाको मृत्युभएपछि उनको उपचारमा संलग्न डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा उनको नजिक रहेका एक सय ७९ जनाको नमुना संकलन गरी परीक्षणका लागि जापान पठाइएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा गत सोमबार नमुना पठाएको हो ।

बर्ड फ्लुबाट मृत्यु भएका व्यक्तिको नेपाल मेडिकल कलेजको शिक्षण अस्पताल र ओम अस्पतालमा उपचार भएको थियो । काभ्रे घर भई भक्तपुर बस्दै आएका २१ वर्षिया युवाको गत चैत १५ मा उपचारका क्रममा मृत्यु भएको थियो ।

युवकको मृत्यु लगत्तै विश्व स्वास्थ्य संगठन, फुड एन्ड एग्रिकल्चर अर्गानाइजेसन, वल्र्ड फुड प्रोगाम, नेपालका चिकित्सक सहित ३५ जनाको टोलीले यो विषयमा अध्ययन अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्