हेर्नुहोस गर्मीमा मौसममा उपयोगी तरकारी

काठमाडौँ, १२ जेठ । हाम्रो शरीरलाई स्वस्थ राख्नका लेगी मौसम अनुसारको तरकारी खानु आवश्यक हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ । त्यसैले गर्मीमा यस्ता तरकारीहरु खानु उपयोगी मानिन्छ ।

फर्सी : गर्मी मौसममा फर्सी खानु लाभदायीक हुन्छ । फर्सीमा खनिज तत्व हुने भएकोले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ ।

हरियो सिमी : गर्मी मौसममा हरियो सिमी खानु लाभदायीक हुन्छ । यसमा भिटामिन ए, सी पाउनका साथै क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पाइन्छ । यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

गोलभेंडा : गर्मी मौसममा गोलभेंडा खानु लाभदायीक हुन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर पाइन्छ । मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ । यसले रोगप्रतिरोधी क्षमता मजबूत बनाउनुको साथै रक्तचाप पनि नियन्त्रणमा आउँछ ।

लौका : गर्मी मौसममा लौका खानु लाभदायीक हुन्छ । यसमा करिब ९६ प्रतिशत पानी हुन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । यसमा फाइबर  हुने हुने भएकोले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ ।

करेला : करेला चिसो खालको तरकारी भएकाले गर्मी मौसममा लाभदायीक हुन्छ । सका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । सका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ ।

प्याज : गर्मी मौसममा प्याज खानु लाभदायीक हुन्छ । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिज पाइनुका साथै क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्