आज विश्व थाइराइड दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ११ जेठ । आज विश्व थाइराइड दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाईँदैछ ।

सन् २००८ देखि हरेक वर्ष मे २५ मा विश्वभर थाइराइड ग्रन्थी सम्बन्धी रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना दिने उद्देश्यले मनाउन थालिएको हो ।

दिवसका अवसरमा सरकारी तथा यसमा काम गर्ने नीजि गैरसरकारी संस्थाहरुले र्‍यालीलगायत जनचेतनामूलक कार्यक्रम, छलफल तथा स्वास्थ्य शिविर गरिंदैछ । पछिल्लो १०र१५ वर्ष यता नेपाल थाइराइडका बिरामीहरु बढ्दै गएका छन् । पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् ।

दिवसको अवसरमा अल्का अस्पतालबाट सुरु भएको र्‍याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुँदै पुन अल्का अस्पतालमा आएर समापन भएको थियो । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित