आज विश्व थाइराइड दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं, ११ जेठ । आज विश्व थाइराइड दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाईँदैछ ।

सन् २००८ देखि हरेक वर्ष मे २५ मा विश्वभर थाइराइड ग्रन्थी सम्बन्धी रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना दिने उद्देश्यले मनाउन थालिएको हो ।

दिवसका अवसरमा सरकारी तथा यसमा काम गर्ने नीजि गैरसरकारी संस्थाहरुले र्‍यालीलगायत जनचेतनामूलक कार्यक्रम, छलफल तथा स्वास्थ्य शिविर गरिंदैछ । पछिल्लो १०र१५ वर्ष यता नेपाल थाइराइडका बिरामीहरु बढ्दै गएका छन् । पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् ।

दिवसको अवसरमा अल्का अस्पतालबाट सुरु भएको र्‍याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुँदै पुन अल्का अस्पतालमा आएर समापन भएको थियो । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्