फेसबुकमा सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देखिने

एजेन्सी, ५ जेठ । सामाजिक संजाल फेसबुकले आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि न्यूज फिडमा परिवर्तन गर्ने भएको छ ।

फेसबुकको न्यूज फिडमा आफ्ना ‘बेस्ट फ्रेण्ड’हरु सबैभन्दा माथि हेर्न पाउनेछन् । फेसबुकले यस बारेमा धेरै जानकारी प्रदान गर्नका लागि हालै एउटा सर्भेक्षण गरेको छ ।

फेसबुकले एक ब्लग पोष्टमा भने अनुसार, ‘हामीले गरेको सर्भेको आधारमा दुईवटा अपडेटको घोषणा गरिरहेका छौँ । त्यसमध्ये एउटा चाहिँ फेसबुक प्रयोगकर्ताले आफूले धेरै हेर्नरसुन्न चाहने कुनैपनि साथीलाई प्राथमिकता दिनेछ । दोश्रो चाहिँ यस्ता लिंकहरुलाई प्राथमिकता दिइनेछ जसलाई कुनै व्यक्तिले सबैभन्दा धेरै सार्थक ठान्दछ ।’

फेसबुकका प्रडक्ट म्यानेजर रम्य सेथुरमनका अनुसार ती प्रत्यक्ष पृष्ठपोषणहरुले प्रयोगकर्ताले आफ्ना कुन साथीहरुबाट धेरै सम्पर्कमा रहन चाहन्छ भन्ने कुराको अनुमान गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् ।

काठमाडौँ, १४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकाेट सहितका क्षेत्रमा भएको क्षति

काठमाडौँ, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टी तयार