नेपालमा बर्ड फ्लु भाइरसका कारण एकको मृत्यु, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, १९ वैशाख । बर्ड फ्लुको भाइरस नेपालमै पहिलो पटक मानिसमा देखिएको छ ।  उक्त भाइरसका कारण एकको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरि काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु भाइरस संक्रमणबाटै मृत्यु भएको जनाएको छ ।

बर्ड फ्लु संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका ती युवकको वैशाख १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले बताइन् । ती युवकको बर्ड फ्लुबाट मृत्यु भएको पुष्टि यही मंगलबार भएको हो।

कुखुरामा पटक पटक देखिएको बर्ड फ्लु नेपालमा पहिलोपटक मानिसमा पनि देखिएपछि उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्