तनहुँका ३ विद्यालय मर्ज : आठ विद्यालयलाई नमूना बनाइने

तनहुँ, १५ वैशाख । विद्यार्थी कम हुँदै गएपछि तनहुँको भिमाद नगरपालिकामा सञ्चालित ३ सामुदायिक विद्यालय मर्ज गरिएको छ ।

वडा नं ९ को हिमालय आधारभूत विद्यालय, भिमाद वडा नं ५ को गणेशमान स्मृति आधारभूत विद्यालय र वडा नं ८ को जनशक्ति आधारभूत विद्यालयलाई क्रमशः भैरव आधारभूत विद्यालयमा, दीपक माविमा र जय नेपाल आधारभूत विद्यालयमा समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएका र निजीकै अन्य विद्यालय भएकाले ती विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको बताइएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले आठ सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने भएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले ती विद्यालयलाई अनुदान पनि दिने भएको छ । पहिलो चरणमा गाउँफर्कोदय मावि, खैरेनीटार मावि, सरस्वती मावि, जनकल्याण मावि, कुश्मावती आधारभूत विद्यालय, जनशिशु कल्याण आधारभूत विद्यालय, शहीदकृष्ण मावि र सूर्य आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ । गत

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ ।  अनमोल केसी स्टारर चलचित्रको ‘अल्लारे

काठमाडौँ, १ कार्तिक । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ।  चलचित्र जाँच समितिले यस चलचित्रलाई सबैले