सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौँ, ९ कार्तिक । संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गरिएका चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । 

समितिले सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित व्यक्तिहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आधार र प्रमाणसहित १० (दश) दिनभित्र उजुरी दिन अनुरोध गरेको हो ।

असोज २० गते बसेको न्याय परिषद् बैठकले पुनरावेदन अदातका न्यायाधीशहरूडा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिको असोज २६ गते बसेको बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट सुरु हुने गरी १० दिनको समय दिएर उजुरी आह्वानको निर्णय गरेको थियो । त्यही निर्णय बमोजिम समितिले सोमबार सूचना जारी गरेर उजुरी आह्वान गरेको हो । 

समितिले सूचनामा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा स्पष्ट आधार, सबुत प्रमाणसहित शिष्ट र मर्यादित भाषामा उजुरी दिन आग्रह गरेको हो । समितिले सूचनादाताले आफ्नो नाम, थर, ठेगाना र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने तर, उजुरीकर्ताले चाहेमा उसको पहिचान पूर्ण रूपमा गोप्य राखिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

पोखरा, ९ कार्तिक । पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पोखरा २९ आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म