रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५’ सेन्सर पास

काठमाडौँ, १ कार्तिक । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ। 

चलचित्र जाँच समितिले यस चलचित्रलाई सबैले हेर्न मिल्ने ‘यु’ अर्थात् युनिभर्सल सर्टिफिकेट दिएको हो। यो सर्टिफिकेट पाएसँगै चलचित्र सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउने भएका छन् ।

सेन्सर बोर्डका पदाधिकारीहरूले ‘कबड्डी ५’ ले अघिल्ला शृङ्खलाहरूमा जस्तै सामाजिक कथामा भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएको निर्देशक गुरुङले बताएका छन् ।

आगामी शुक्रबार कात्तिक ६ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ।  चलचित्र जाँच समितिले यस चलचित्रलाई सबैले

काठमाडौँ, ३१ असोज । आज बडादसैँको फूलपातीको अवसर पारेर नयाँ नेपाली चलचित्र ‘छ माया छपक्कै २’ देशभर एकसाथ प्रदर्शनमा आएको

काठमाडौँ, २९ असोज । दसैँको फूलपातीबाट प्रदर्शनमा आउने चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राति

काठमाडौँ, २७ असोज । फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक भएको छ । ‘सर्भाइभल’ कथामा आधारित फिल्म मंसिर ४ गतेबाट प्रदर्शनमा आउँदै