आज औंलो विरुद्धको दिवस मनाईंदै, विश्वभर २ करोड भन्दा बडी संक्रमित

काठमाडौँ, १२ वैशाख । आज २५ अप्रिल औंलो विरुद्धको दिवस मुलकभर विभिन्न जनाचेतनामूलक कार्यक्रम गरी मनाईदैछ ।

औंलो रोग एनोफेलिस लामखुट्टेको टोकाईबाट मान्छेमा सर्ने गर्दछ । सन् २०१५ को अध्ययन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरियाको संक्रमण छ ।

WHOको सन् २०१६ को एक अध्ययन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया संक्रमित रहेको र ४ लाख २९ हजारले ज्यान गुमाईसकेको तथ्याङ्क रहेको छ ।

नेपालमा हाल वर्षमा १ हजार औंलो रोगी थपिने गरेको तथ्यांक छ । आर्थिक वर्ष २०६९-०७० सालमा औंलो रोगका बिरामीको संख्या २ हजार ९२ थियो भने २०७३-०७४ सम्म आइपुग्दा ११ सय २८ पुगेको छ । सरकारले यसवर्ष औंलोबाट हुने विरामीको संख्या ९० प्रतिशतले घटाउने योजनाअनुसार काम भइरहेको बताएको छ ।

मलेरियाको रोकथामकालागि समय समयमा दिइने खोप, समयमै आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित