सुरु भयो जुनियर स्कूल प्रिन्सेस उपाधिको दौड

काठमाडौँ, २८ चैत । शुक्रवार एभिएसन म्यूजियम साना तथा ठूला विद्यार्थीको भीडले मात्र भरिएको थियो । वार्षिक विदाको समयलाई सदुपयोग गर्न पाउँदा रमाएका उनीहरु म्यूजियम भित्रको सूचना तथा जानकारी लिन पनि उत्तिकै उत्सुक देखिन्थे । हातमा डायरी र कलम लिएर यताउता दौडिरहेका उनीहरु म्यूजियममा धेरै नयाँ कुराहरु देखेर रमाइरहेका थिए । यति धेरै विद्यार्थीको लागि यस्तो रमाइलो वातावरणमा घुम्ने अवसर भने सिजन मिडियाले उपलब्ध गराएको थियो । आठौं अक्षरा जुनियर स्कूल प्रिन्सेस २०१९ का सहभागी सबै प्रतिस्पर्धी विभिन्न नयाँ स्थान घुम्ने योजनाअन्र्तगत म्यूजियममा भेटिएका थिए ।

बार्षिक परिक्षा दिएका छात्राहरुको उपयूक्त समयलाई लक्षित गर्दे सिजन मिडियाले हरेक वर्ष जुनियर लिटिल स्कूल प्रिन्सेस प्रतियोगिताको आयोजना गर्ने गर्छ । यस वर्षको आठौं संस्करणमा सहभागि सबै छात्राहरु बिदाको यो समयलाई यसरी नयाँ नयाँ ठाउँ घुमेर उपयोग गर्न पाउँदा झनै खुशि देखिन्थे ।

आयोजक संस्था सिजन मिडियाकाअनुसार प्रतियोगिताका लागि यस पटक सात वर्षदेखि १४ वर्षका २७ जना छात्राहरुको सहभागिता रहेको छ । जुनियर स्कूल प्रिन्सेसमा सहभागीहरुलाई अन्तिम प्रतियोगिताको लागि विभिन्न ठाउँहरुको भ्रमण गराउने, सिकाउने र विभिन्न विषयमा प्रशिक्षण दिने गरिन्छ ।

प्रशिक्षणमा उनीहरुलार्ई कसरी हिडने,बोल्ने,खाने र दैनिक जीवनमा घर परिवार भित्र कसरी असल व्यवहार गर्ने र असल मान्छे बन्ने भन्ने कुरा सिकाइन्छ । यो बाहेक प्रतियोगितामा कसरी बोल्ने, स्टेजमा कसरी प्रस्तुत हुने र आफूले कसरी नेतृत्व लिने, आफ्नो आत्मविश्वास कसरी बढाउने भन्ने कुरा महत्वपूर्ण सिकाई भएकाले उनीह्रुलाई प्रशिक्षणमा यस्तै व्यवहारिक शिक्षा दिइएको छ ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने बैशाख ८ गते हुनेछ । सहभागि बालिकाहरुको उमेर समूहअनुसार उपाधि दिइने हुनाले प्रतियोगिताका सहभागिहरुले आ आफनो उमेर समूह अनुसार नै प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् ।

प्रशिक्षणको क्रममा बालिकाहरुलाई काठमाडौंको चन्द्रागिरी केवुलकार, गोदावरी पार्क, छाउनी संग्रहालय, काठमाडौं फनभ्याली, दरवार संग्राहालय, गोदावरी पार्क, चिडियाखाना पशुपति मन्दिर, वौद्ध स्तुपा स्वयम्भु र विभिन्न म्यूजियम घुमाइनेछ । साथै उनीहरुको रुचि अनुसार नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलापमा पनि सहभागि गराइनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ