हेर्नुहोस अनार खानुका फाइदा

काठमाडौँ, २३ चैत । अनारको नियमित सेवनले हाम्रो शरीरलाई धेरै फाइदा गर्दछ ।

फाइदाहरु 

१. अनार खानाले रगतको कमी हुन नदिनको साथै अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ ।

२. अनारमा भिटामिन, मिनरल, फ्लोरिक एसिड, पोटासियम प्रचुर मात्रामा पाइन्छ जसले गर्दा गर्भवती महिलाले अनार खानु फाइदा हुन्छ ।

३. अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुनका साथै प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।

४. अनारको नियमित सेवनले छाला चम्किलो बनाउनका साथै दाँतसम्बन्धी समस्या बाट छुटकारा मिल्छ ।

५. अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ र अनारमा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीलाई  लाभदायक हुन्छ ।

६. अनारमा पाइने एन्टिअक्सिडेन्टले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्छ । त्यसैले, मधुमेहका बिरामीका लागि अनार लाभदायक छ ।

७. अनारले शरीरमा हुने विकारयुक्त वस्तु बाहिर निकाल्न सहयोग गर्छ । साथै, प्रतिरक्षा प्रणालीमा सुधार ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्