कलेजो सफा पार्ने ८ खानेकुरा

काठमाडौँ, १२ चैत । हाम्रो शरीरमा भएको कलेजोलाई सफा पार्ने ८ खानेकुराहरू :

१. कागती : नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ ।

२. ग्रीन टी : यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ ।

३.  प्याज : यसमा अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्व पाइन्छ, जसले कलेजोलाई सफा गर्दछ पार्दछ ।

४.  अंगुर : यसमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ ।

५. स्याउ :  यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ ।

६. चुकन्दर र गाँजर :  बेटा क्यारोटिन उच्च मात्रामा पाइने भएकोलर चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ ।

७. बेसार : यसले शरीरबाट विषाक्त पदार्थ हटाउन कलेजोलाई सहयोग गर्नुका साथै शरीरबाट कार्सियोजेन्स हटाई क्यान्सर लाग्ने सम्भावनालाई पनि न्यून गर्छ ।

८. हरिया सागसब्जी : हरिया सागसब्जी कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थ मानिन्छ यसलाई काचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ भदौ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभी लगायतका प्रविधिको प्रयोग

काठमाडौँ, २८ भदौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारत र चीनबीच बढ्दो सहकार्यबाट नेपालले अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् ।

काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौँ ’ अभियान सञ्चालन गर्ने भएको

काठमाडौँ, २८ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौँमा बाढीको जोखिम न्यूनीकरणका निम्ति चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताएका छन्