काठमाण्डाै, २२ फागुन । बुधबार शेयर बजारको परिसूचक नेप्से ९ अंंकले बढेको छ ।
हिजो २ अंकले बढेको नेप्से परिसूचक बुधबार पनि सुधारिएसँगै ११ सय ११ दशमलव ७६ अंकमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज अनुसार सूचक बढे पनि कारोबार रकम भने सुधार नभएको जनाएको छ ।
आज सबैभन्दा धेरै एनसीसी बैकको १ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । २२ करोड २४ लाख ६६ हजार रुपैयाँ बराबरका ८ लाख २६ हजार कित्ता शेयर किनबेच भएको हो ।
बुधबार हाथवे फाइनान्स कम्पनी लिमिटेड र कन्चन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले ८ प्रतिशत भन्दा धेरै कमाएका छन् भने घलेम्दी हाइड्रो लिमिटेडका लगानीकर्ताले साढे ६ प्रतिशत गुमाएका छन् ।






