काठमाडौँ, १७ कार्तिक । सेयर बजार नेप्से सूचक आज ६.६२ अंकले बढेर २६६४.१३ अंकमा आइपुगेको छ ।
आज लगानीकर्ताले लगानी खुम्च्याएर पाँच अर्ब ६५ करोडको मात्रै कारोबार गरेका छन् । गत साता अधिकतम आठ अर्ब ८२ करोडसम्मको कारोबार गरेका लगानीकर्ताले सोमबार घटाएर सात अर्ब १५ करोडको कारोबार गरेका थिए । मंगलबार पुनः घटाएर करिब पाँच अर्बमा झारेका हुन् ।
यो दिन सूचक सामान्य अंकले बढ्दा कारोबारमा आएका कम्पनीमध्ये १४३ वटाको मूल्य बढेको छ भने १२२ वटाको मूल्य घटेको छ । बाँकी १४ वटाको मूल्य स्थिर रह्यो ।
यो दिन शिखर पावर डेभलपमेन्टको सेयर सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ । बेनी हाइड्रोपावर ५.०४ प्रतिशतको सेयर भने सर्वाधिक घट्नेमा रह्यो ।
यस्तै, आज लगानीकर्ताले ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै कारोबार गरेका हुन् । यो कम्पनीको कुल २३ करोडको कारोबार भएको हो ।







