काठमाडौँ, १७ कार्तिक । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बौधीमाई नगरपालिका–४, इनर्बारी टोल बस्ने १९ वर्षीय अर्जुनप्रसाद जैसवालको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको हो
आफ्नै घरको छतमा झिलिमिलि बत्ती लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।






