झापा, १७ कार्तिक । मन्त्री प्रतिभा रावल झापाको बुद्दशान्ती नगरपालिका वडा नं ४ का भूमिहीन नागरिकका बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट गर्नुभएको छ।
भेटघाटका क्रममा मन्त्री रावलले भूमिहीन नागरिकका समस्या र गुनासा सुन्नुका साथै समस्या समाधानका लागि भइरहेका प्रयास तथा आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो। उहाँले भूमिहीन नागरिकका समस्या छिटो समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।





