सभापति देउवालाई सिमरामा १५१ किलोको मालाद्वारा स्वागत

सिमरा, ८ फागुन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एक सय ५१ किलोको मालाले स्वागत गरिएको छ ।

सभापति देउवालाई बुधबार जितपुरसिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।

कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा खुलेको होटल दियालोको उद्घाटन गर्न सिमरा विमानस्थल पुगेका सभापति देउवालाई आयोजित कार्यक्रममा मालाले स्वागत गरिएको थियो ।

त्यहाँ देउवाले पत्रकारहरुसँग भने कुरा नगरी हात मात्र हल्लाएका थिए । ‘तपाईहरु त बुझने मान्छे, बुझिदिनुस्, उहाँले अहिले बोल्नुहुन्न, पर्सि फकिँदा बोल्नुहुन्छ,’ कांग्रेस केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । आज सेयर बजार परिसूचक नेप्से ५.४५ अंकले घटेको छ । यस दिन नेप्से ०.२० प्रतिशतले घटेर

काठमाडौँ, १३ कार्तिक । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले समयमै काम सम्पन्न नगर्ने तथा सम्झौताका सर्तहरू उल्लङ्घन गर्ने ६ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीहरूलाई