काठमाडौ, २७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि लाठीचार्ज गरि २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा लिएको छ ।
आइतबार कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाएर धर्नामा बसेका उनीहरुलाई पक्राउ गरी प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।
मन्त्रालयमा घेराउ गर्न गएका उनीहरु मन्त्री र सचिवको कार्यकक्ष भएकै तल्लामा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
कर्मचारी समायोजनको विषयलाई लिएर मन्त्रालयसित पहिले नै सम्झौता भए पनि त्यसलाई कार्यान्वयन नगरेपछि विरोध प्रदर्शन गरेको गोदानका महासचिव डा। रविन खड्काले जनाएका छन ।






