विकास र समृद्धिको लागि धेरैभन्दा धेरै दक्ष जनशक्ति आवश्यक : मुख्यमन्त्री राई

विराटनगर, २५ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको यात्रामा देशमा धेरैभन्दा धेरै दक्ष जनशक्ति आवश्यक रहेको बताउनुभएको छ ।

मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको आज स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले दक्ष जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमा जीवनोपयोगी र सीपमूलक शिक्षा प्रदान गर्न प्रदेश सरकार लागिपरेको जानकारी गराउनुभयो ।

प्राविधिक शिक्षाका लागि व्यावसायिक तालीम केन्द्रहरु स्थापना गर्ने कार्यक्रम बनाउने काम भइरहेको बताउँदै उहाँले अगामी दुई वर्षमा प्रदेशमा १०० वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा शुरु गरिने दावि गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रलाई राजनीतिकबाट मुक्त गर्न शिक्षा क्षेत्रमा आमूल परिवर्तनका खाका तयार भइरहेको जानकारी गराउनुभयो ।

त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गरिने बताउनुभएको छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन प्रदेश सरकारको अहिलेको चुनौती रहेकाले सामुदायिक विद्यालयप्रति अभिभावकको रुचि बढाउन अङ्ग्रेजी माध्यममा पठनपाठनको व्यवस्था मिलाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, १२ कार्तिक । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ

काठमाडौँ, १२ कार्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको

मोरङ, १२ कार्तिक । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा