हापुरे बजारमा आगलागी

काठमाडौँ, १२ कार्तिक । दाङको बबई गाउँपालिका–५ हापुरे बजारको एक कस्मेटिक पसलमा आगलागी भएको छ । आगलागीबाट पसल पूर्ण रूपमा नष्ट भएको छ ।

स्थानीय खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा बुधबार बेलुकी ८ बजेतिर आगलागी भएको थियो । विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ ।

आगलागी सुरु भएको दुई घण्टाभन्दा बढी समय बितिसक्दा पनि दमकल पुग्न नसक्दा पसलका सबै सामान जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

दमकलको अभावमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाल्टिनमा पानी बोकेर आगो निभाउने प्रयास गरेका थिए । आगलागी भएको स्थानमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली सहितको टोली खटिएको थियो । तर ठूलो आगोको अगाडि उनीहरुको प्रयास सफल हुन सकेन ।

तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चारवटा पालिकामा हाल एउटा पनि दमकल सञ्चालनयोग्य नहुँदा आगलागी जस्ता घटनामा ठूलो क्षति व्यहोर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १२ कार्तिक । भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु भएको छ । घर, कृषिबाली र पूर्वाधारमा क्षति

एजेन्सी, १२ कार्तिक । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको

एजेन्सी, ११ कार्तिक । रुसको एक सैन्य अदालतले युक्रेनी अभियानका लागि आर्थिक सहयोग उपलब्ध गराई ‘आतङ्कवाद’लाई आर्थिक सहायता दिएको आरोपमा एक

एजेन्सी, ११ कार्तिक । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १०