पत्रकारीता सरकारको प्रतिपक्षि होइन, तथ्यपुरक हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, २५ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यथार्थपूरक समाचार सम्प्रेशण गर्नु एउटा सफल पत्रकारीताको मर्म भएको बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उहाँले तीन वटै सरकारको काम कारवाहीलाई बास्तविक रुपमा जनताको सामु पुर्याउनु अहिलेको अपरिहार्यता भएको बताउँदै सरकार र प्रदेशसभालाई प्रभावकारी बनाउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय पत्रकारीतामा आधारहिन कुराहरुलाई जनतामाझ पुर्याई नकरात्मक सन्देश प्रवाह गर्ने प्रवृत्ति बढेको भन्दै त्यसलाई नियमन गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकारीताको कलम कसैको लोभ लालच तथा सरकारको प्रतिपक्षिको रुपमा काम गर्नु नहुने भन्दै वास्ताविक तथा तथ्यपुरक कुरामा समाचार सम्प्रेषण गर्न सम्पूर्ण मिडियाकर्मीलाई आग्रह समेत गर्नुभयो ।

संसदीय प्रणालीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै उहाँले शान्तिपूर्ण सङ्घर्षको माध्यमबाट समृद्धि प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा नयाँ अभ्यास भएकाले सञ्चार क्षेत्रले यसका गतिविधिलाई वैज्ञानिक ढङ्गले सहयोग गर्नुपर्ने बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले सञ्चार क्षेत्रले सरकार र जनताबीचको पुलको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, १२ कार्तिक । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ

काठमाडौँ, १२ कार्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको

मोरङ, १२ कार्तिक । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा