काठमाडौँ, २४ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत नियुक्ति प्रकृया संविधान अनुसार नै समावेशी बनाउने बताउनुभएको छ ।
बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा उहाँले भन्नुभयो, ‘आइन्दा राजदूत नियुक्ति गर्दा संविधानको मर्मअनुसार हुनेछ ।’
मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयले अन्य देशहरुसँगको सम्बन्ध तथा त्यसको अपेक्षका बारेमा अध्ययन गरेर प्रोफाइल बनाइरहेको जानकारी दिुभयो । मन्त्री ज्ञवालीले ५ देशमा नेपालको राजदूत खाली रहेको पनि संसदीय समितिमा जानकारी दिनुभयो । बंगलादेश, स्पेन, दक्षिण कोरिया, दक्षिण अफ्रिकासहित ५ देशमा भने राजदूत नभएको जानकारी गराउनुभयो । हाल २८ देश तथा नियोगमा नेपाली राजदूतहरु रहेका छन् ।






