युवाको जोस र जाँगर देश निर्माणमा, स्वरोजगार बन्न सरकारले सघाउँछ : मुख्यमन्त्री पौडेल

हेटौँडा, २४ माघ । प्रदेश नंं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले युवाहरुको जोस र जाँगरलाई देश निर्माणमा लगाउनुपर्ने भन्दै युवालाई स्वरोजगार बनाउन सरकारले पूर्ण रुपमा सघाउने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले राष्ट्रलाई सफलताको गन्तव्यमा पु¥याउन युवा शक्तिले पहल गर्नुपर्ने विचार राख्नुभयो ।

स्वदेशमा बसेर काम गर्न लाज वा धक मान्ने प्रवृत्ति हटाउनुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले विदेशमा जस्तोसुकै काम गर्ने तर आप्mनो देशमा कृषिमा काम गर्न लजाउने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा अर्थ मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले युवाले भान्सादेखि दैनिक जीवनमा आइपर्ने हरेक कार्य गर्न आफूलाई सक्षम बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका युवा उद्यमी सहभागी रहने युवा परिषद् मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिनुभयो ।

कार्यक्रम दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बागलुङ, १२ कार्तिक । बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलव्ध गराएको छ

काठमाडौँ, १२ कार्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको

मोरङ, १२ कार्तिक । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा