चर्चामा आउन हैन, भ्रष्टचार गर्ने कसैको अनुहार हेरिँदैन : प्रम ओली

काठमाडौँ, १५ माघ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले बर्तमान सरकार कुनै चर्चामा आउन नभई जनताले प्रत्यक्षरुपमा देख्ने गरी काम गर्दै भ्रष्टचार गर्ने जो कोहीको अनुहार नहेरी कारवाही गर्ने बताउनुभएको छ ।

सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले देखावटीरुपमा मात्र नभइ वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने नाराका साथ अघि बढेका छौं । कसैको अनुहार पनि हेरिंदैन । देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं ।’

यसअघि नियन्त्रण गर्ने निकायले नै शक्तिको आडमा आफै भ्रष्टाचार गर्ने पाइएको भन्दै उहाँले वोलेर भन्दा पनि गरेर नै देखाउने बताउनुभयो । उहाँले सरकारले भ्रष्टाचारको अन्य हुने वातावरण निर्माण गर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिले लडाइ र द्वन्द्व सकिएपनि फेरि केहीले निम्त्याउन खोजेको भन्दै सरकारले त्यस्तो हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोका घाउ चोटलाई बल्झाउने प्रयास भएका छन् । हामीले द्वन्द्वमा अनावश्यक रुपमा फस्नु हुँदैन, हिजोका क्षति सम्झाएर थप क्षती गर्नेतिर लाग्नु हुँदैन । यस्ता तत्वहरुको पहिचान गरेर तिनलाई निस्तेज पार्नुपर्दछ । किनभने, सबै नेपालीको साझा आकांक्षा शान्ति हो ।” उहाँले व्यवस्थापन भइसकेको शान्ति प्रक्रियाका विषयमा अनावश्यक चलखेल सैह्य नहुने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित