डा. केसीलाई तत्काल पक्राऊ गर्नुपर्छ : उपाध्यक्ष बस्नेत

काठमाडौँ, १२ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले डा. गोविन्द केसीलाई तत्काल पक्राउ गरी कानुनी कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

उपाध्यक्ष बस्नेतले संसदको बहुमतले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा. केसीले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यबारे निकृष्ट अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गर्नुपर्ने माग गर्नुभएको छ ।

बस्नेतले अरुलाई नैतिकताको पाठ पढाउन खोज्ने केसीले आफैं त्रिभुवन विश्वविद्यालयको तलबभत्ता खाएर विद्यार्थी पढाउन र अपरेशन गर्न छाडेर नरन्तर आन्दोलन र अनशन गरिरहेको प्रसंग उल्लेख गर्दै देशका प्रतिष्ठित ब्यक्तित्वहरुलाई चोर, डाँका, माफिया आदि भन्दै अनादरार्थी तुच्छ गाली गर्ने गरेको र पछिल्लोपटक आफैंले जागिर खाने विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीमाथि लिखित रुपमा निकृष्ट शब्द प्रयोग गरेकाले डा. केसीलाई तत्काल गिरफ्तार गरी कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘आफैंले जागिर खाने विश्वविद्यालयका कुलपतिसमेत रहेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई लिखित रुपमा नै जुन निकृष्ट शब्द प्रयोग गरेका छन्, त्यस आधारमा डा। गोविन्द केसीलाई तत्काल गिरफ्तार गरी कारबाही गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित