नेपाली काङ्ग्रेसका युवा नेता घिमिरे नेकपामा प्रवेश

काठमाडौँ, १२ माघ । प्रमुख प्रतिपक्षिदल नेपाली कांग्रेसका युवा नेता उपेन्द्र घिमिरे कांग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ ।

उहाँले आज कांग्रेस पार्टी परित्याग गरि नेकपा प्रवेश गर्नु भएको छ । लामो समय देखि नेपाली कांग्रेस पार्टीको खोटाङ हुँदै विभिन्न जिम्मेवारीमा रहेर कार्यरत घिमिरेलाई खोटाङका प्रतिनिधि सभा सदस्य एबम नेकपाका केन्द्रीय सदस्य विशाल भट्टराई र युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले आज एक कार्यक्रमका बिच भक्तपुर राधे राधेमा पार्टी प्रवेश गराउनु भयेको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एबम प्रतिनिधि सभा सदस्य विशाल भट्टराइले सरकारले समृद्दी अभियान मार्फत मुलुकको विकासमा नयाँ फड्को मार्न विभिन्न कार्यक्रम अगाडि सारेको र केही समयदेखि ब्यवहारत देखिने बताउनु भयो । उहाँले मुलुक निर्माणको यो महान् अभियानमा अब सबैले आफै अग्रसरता लिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पौडेलले अब सबै युवाहरु नेकपामा आबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपाललाई अबका केही समयमा बिकशीत नेपाल बनाउनु पर्ने राष्ट्रिय दाहित्व आम युवाको रहेको बताउनु भयो । उहाँले अब एकैपटक दस लाख युवालाई एक अभियान मार्फत समृद्दी अभियानमा जोड्न संघले कार्यक्रम तय गरेको बताउनु भयो ।

कार्यक्रममा नव प्रवेशी घिमिरेले नेपाली काङ्ग्रेसले पुरातन सोच बोकेको र आम जनताका हितमा काम गर्ने एजेन्डा त्याग्दै गएको र गैरजिम्मेवार बन्दै गएका कारण देश निर्माणमा नेकपाको कुनै विकल्प नभएका कारण कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको बताउनुभयो । उहाँ एक चर्चित ब्यवसायी समेत हुनुहुन्छ ।

कार्यक्रममा समाज सेवि एबम नेकपाका नेता गोपी न्यौपानेले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने नेकपाका युवा नेता पारुहाङ्ह राई र सन्जिब रोकाहा लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित