काठमाण्डौ, ११ माघ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानमा केन्द्रित रहेको बताएका छन ।
आज काठमाण्डौमा दक्षिण एसियाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई अघि बढाएको बताएका छन ।
साथै उनले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिको जगमा संघीयता, समावेशितालगायतका सिद्धान्तलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने बताउदै महिलामाथि हुने विभेद अन्त्यका लागि सरकारले विद्यमान ऐन कानुनलाई कडाइका साथ लागू गर्ने प्रतिबद्धता पनि जनाएका छ ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले महिलाहरुको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै बोक्सी, दाइजोलगायतका सामाजिक कुरीतिविरुद्ध अभियान नै सञ्चालन गरेर अघि बढने योजना समेत रहेको बताएका छन ।






