भक्तपुर ७ माघ । राम चन्द्र प्रजापति । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अबका दिनमा भक्तपुर जिल्लामा रहेको सवै कार्यालयललाई भ्रष्टाचारमुक्त बनाउने अभिया शुरु गर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिको सभाकक्षमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आइतबार आयोजना गरेको ‘विकासका लागि नागरिक समाज तथा सञ्चार जगत बीचको सहकार्य’ विषयको अन्तरक्रिया कार्यक्रम बोल्दै सांसद बस्नेतले भक्तपुरका कुनै पनि कार्यालयमा सेवाग्राहीको गुनासो नरहने र सबै कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउने अभियान अब शुरु हुने बताउनुभयो ।
सांसद बस्नेतले समृद्ध भक्तपुर निर्माण गर्ने साझा उद्देश्य पूरा गर्न भक्तपुरमा जनप्रतिनिधि, स्थानीय सरकार, नागरिक समाज र सञ्चारजगतको समन्वय सहकार्य हुनु पर्नेमा जोड दिनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरका चार वटै स्थानिय तहलाई समन्वय गरि भक्तपुरको विकास निर्माण कार्यमा लाग्नु पर्ने र पछिल्लो समयमा दुर्घटना न्यूनीकरण, समन्वय, सहकार्य, सुसासन, सरसफाइ, भ्रष्टाचार नियन्त्रण, विकास निर्माण कार्य गुणात्मक रुपमा भएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्थानीय तहको सरकार पूर्ण स्वायत्त संस्था होइन स्वतन्त्रताको सिमाहरु छन्न । जिल्ला समन्वय समितिसँग स्थानिय तहले समन्वयको भुमिका खेल्न आग्रह गर्नु भयो ।
उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले भक्तपुर नगरमा टुरिज्जम र हाण्डिक्रफ्ट क्षेत्र वाहेक अन्य लागानी क्षेत्रको विकल्प छैन्न । भक्तपुर नगरपालिकाले पर्यटक शुल्क १५ डलर लिए अनुसार स्थानिय जनतालाई केही सुविधा नभएको जुन पैसा पर्यटन विकासका कार्यमा लागानी गर्नु पर्ने सुझाव दिनु भयो ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, गैरसरकारी संस्था महासंघका अध्यक्ष सोम शर्मा बजगाईं, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, नेपाली चलचित्रका निर्देशक मदन घिमिरे कार्यक्रमका सभापति रोशन अर्याल, सविना केसी लगायतले भक्तपुरको विकासमा चारवटै नगरपलिका सहकार्य गरेर जानुपर्नेमा जोड दिनुभयो ।







