काठमाडौँ, ६ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता पत्नी कोमल शाहसहित बाराको सिमरा हुदै झापा जाने भएका छन् ।
शाह दम्पति अर्को आइतबार सिमरा जान लागेका हुन् । सिमरामा उनी ‘प्रभु बास’मा बस्ने गरेका छन् ।
शाह दम्पत्ति सिमरामा केही दिन बसेर झापाको दमक जाने कार्यक्रम रहेको जनाएको छ । पूर्व राजा शाहले सिमरा र झापामा रहँदा महत्वपूर्ण भेटघाटसमेत गर्नसक्ने बताइएको छ ।






