पोखरा, ४ माघ । विकास र समृद्ध क्षेत्र निर्माण गर्ने मूख्य उद्देश्यका साथ गण्डकी प्रदेशका सांसद तथा निवर्तमान युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले पोखरा महानगरपालिकाको वडा नं. २३ चापाकोट स्थित श्री सिद्धबराह माध्यमिक विद्यालयको चार कोठे पक्की भवनको आज एक भव्य कार्यक्रमका बीच सिलान्यास गर्नुभएको छ ।
राष्ट्रिय पूनःनिर्माण प्राधिकरण जिल्ला आयोजना इकाई कास्कीको आयोजनामा कास्की जिल्ला पोखरा महानगरपालिकाको वडा नं. २३ चापाकोट स्थित श्री सिद्धबराह माध्यमिक विद्यालयको चार कोठे पक्की भवनको सिलान्यास गर्दै सांसद पहारी पछिल्लो समय सामाजिक कार्य तथा विकास निर्माणका कार्यहरुमा आफ्नो सवै समय व्यतित गरिहनुभएका सांसद पहारीले सरकारी विद्यालयका गुणस्तर बृद्धि गर्नु वर्तमान समयको अनिवार्य आवश्यकता रहेको बतउनुभयो ।

सरकारी तथा प्राविधिक शिक्षा विना समृद्ध नेपाल निर्माण गर्न नसकिने बताउँदै सांसद पहारीले देशमा कुनै पनि बाटोघाटो, पुल, सडक, यातायात लगायतका अन्य भौतिक कुराहरुको मात्र विकास गरेर समृद्ध राष्ट निर्माण नहुने भन्दै गुणस्तरिक प्राविधिक जनशक्ति निर्माण गर्नु अपरिहार्य रहेको बताउँदै आफु आगामी दिनमा निरन्तर रुपमा प्राविधि शिक्षाको विकास र विस्तारमा लागि रहने बताउनुभएको छ ।
देशमा प्राविधिक शिक्षाको विकास गरि देशबाट उत्पादन भएका योग्य, दक्ष तथा क्षमतावान नेपालीलाई योग्यता अनुसारको मूल्याङन गरी रोजगारीको वातावरण सिर्जना गर्नेतर्फ सरकारको नीति तथा कार्यक्रम तयार भइरहेको जानकारी गराउनुभयो ।

प्राधिकरणको ७० लाखको लागतमा निर्माण हुने उक्त विद्यालयलाई सांसद पहारीले उक्त विद्यालयलाई ५० हजार उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो छ । उहाँले शुद्ध खानेपानीको लागि उक्त विद्यालयलाई एक हप्ता अघि दुई वटा युरो गार्ड समेत प्रदान गर्नुभएको थियो ।
उहाँले समृद्ध नेपाल सुखी नेपालीको नारालाई यथार्थमा परिणत गर्न शिक्षा महत्वपूर्ण रहेको भन्दै संघियताको कार्यान्वयनसँगै तीनै तहका सरकारले शिक्षालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशमा वेरोजगारीको अन्त्य गर्न सर्वप्रथम प्राविधिक शिक्षाको विकास गर्नुपर्ने अनिवार्य आवश्यकता रहेको भन्दै तीनै तहको सरकारले शिक्षामा लगानी वढाउनु पर्ने बताउनुभयो । उहाँले देशमा रोजगारीको वातावरण सिर्जना गर्न कृषि, पर्यटन, उद्योग, कलकारखाना लगायतका रोजगारीमूलक कार्यलाई आधुनिक प्रविधिमैत्री बनाई सवै आम नेपालीलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले चापाकोटको वप्याङ पिपल डाली आमा समुहको कार्यक्रममा सहभागि हुँदै हल्लनचाेक देखि पामे हुदै पन्चासे र बर्याङग् सम्मको निर्माणधिन सडकको निरिक्षण समेत गर्नुभएको छ । उहाँले निरिक्षणका क्रममा निर्धारित समयमा निर्माण सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय निर्माणधिन विकास निर्माणका कार्यहरुलाई तिव्रताका साथ अघि बढाउनुभएको छ भने निर्माण शुरु गर्न विभिन्न विकास निर्माणका कार्यहरुको डिपिआरको प्रकृयालाई व्यापक रुपमा तिव्र गतिमा अघि बढाउनुभएको छ ।

उहाँले पद्धिल्लो समय आफ्नो सांसद बापत पाउने सेवा सुविधाको रकमलाई सामाजिक क्षेत्रमा लगाउने उद्घोष मात्र नगरी व्यवहारीक रुपमा नै लागु गरिसक्नु भएको छ । उहाँले विभिन्न विद्यालयमा आवश्यक खानेपानी, शैक्षिक सामाग्री, लत्ताकपडा लगायतका कार्यहरु गर्दै जनताको सारथी बन्न पुग्नु भएको छ ।
उक्त विद्यालयका सञ्चालनक समितिका अध्यक्ष प्रेमराज भण्डारीले भवन निर्माण भईसके पश्चात प्राविधिक क्याम्पस सञ्चालन गर्ने जानकारी गराउनुभयो ।








