प्रस्तावित राजदूत ढकाल र अधिकारीको नाम अनुमोदन

काठमाडौं, ३ माघ । संसदीय सुनुवाइ समितिले थाइल्यान्डका लागि प्रस्तावित राजदूत गणेश प्रसाद ढकाल र  फ्रान्सका लागि प्रस्तावित राजदुत दीपक अधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

बिहीबार बसेको समिति बैठकले उनीहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन । समितिको गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारी र ढकालसहित विभिन्न देशका लागि ५ जना राजदूतको नाम सिफारिस गरेको थियो ।

बैठकमा फ्रान्सका लागि प्रस्तावित राजदूत अधिकारीले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिबद्धता जनाएका थिए । उनले मुलुकको समृद्धिका लागि आर्थिक कूटनीतिलाई पनि आफूले प्राथमिकता दिने स्पष्ट पारे ।

थाईल्याण्डका लागि प्रस्तावित राजदूत ढकालले मुलुकमा लगानी भित्र्याउने विषयलाई आफूले उच्च प्राथमिकता दिने बताए । उनले थाईल्याण्ड नेपालको विकास साझेदार मुलुक भएकाले थप लगानीको सम्भावनाको खोजी गर्ने योजना पनि समितिलाई जानकारी गराए ।

समितिको अर्का बैठक आगामी माघ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित